आधारभूत फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी शुरु
न्युजभित्तो/१६ फाल्गुन २०७६, शुक्रबार १५:१४
वीरगञ्ज । आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश नम्वर २ स्तरीय फोटो प्रदर्शनी शुक्रबारदेखि वीरगञ्जमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता छ ।
प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ र नेपाल फोटो पत्रकार महासंघ, प्रदेश नम्वर २ को आयोजना तथा नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।
फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको शुक्रबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनुभयो । उहाँले प्रदेश २ मा सयभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल रहेकाले तिनलाई फोटो पत्रकारिताको माध्यमबाट उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता क्षेत्रको विकासका लागि वीरगञ्ज महानगरपालिका सधैँ तयार रहेको पनि उहाँले बताउनुभयो ।
तालिम तथा फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, उद्योग वाणिज्य संघ, प्रदेश नम्वर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ र पर्सा अध्यक्ष विजय चौहानले आफ्ना भनाई राख्नुभएको थियो । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको थियो ।
फोटो पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ, पर्साको हलमा सञ्चालन गरिएको छ । तालिमको प्रशिक्षकमा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायत रहनुभएको छ ।
फोटो प्रदर्शनी वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा गरिएको छ । फोटो प्रदर्शनी पनि आइतबारसम्म चल्ने छ ।