सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार ११:४८ 
  • लुम्बिनी, १ असार । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो । उक्त पैदलयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो ।

    उक्त शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो । मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए । यस ऐतिहासिक एवं प्रेरणादायी अवसरमा भन्तेहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गर्नुभयो ।

    भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन् । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन् । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो ।

    मायादेवी मन्दिरको अवलोकन तथा प्रार्थनापश्चात् आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले यो संसारको जन्म र मरणको अनन्त चक्रबाट उम्कने बुद्धका सन्देशलाई अपनाएर उहाँले देखाउनुभएको निर्वाण र परम आनन्द प्राप्त गर्न भगवान् बुद्धले देखाउनु बाटोलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

    उहाँले हरेक प्राणीले मुक्ति प्राप्त गर्न र निर्वाणको परम आनन्द प्राप्त गर्न कस्तो हुनुपर्ने हो भन्ने एउटा ठूलो प्रश्नको विषय बनेको बताउँदै संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले त्यही बलियो सङ्कल्पका साथ अभियान थालेको बताउनुभयो ।

    भिक्षु पन्याकरले आफूहरूको एउटा सानो यात्राको आज विश्वभर सम्मान पाएको र यसले विश्व शान्ति सन्देश दिन ठूलो सफलता मिलेको बताउनुभयो । उहाँले आफूहरूको एकमात्र उद्देश्य विश्वमात्र रहेको बताउँदै शान्ति व्यक्तिबाट सुरु हुने भएकाले सबै शान्तिका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आफ्नो यात्राको सदस्यका रूपमा रहेको आलोका कुकुरको बारेमा भन्नुभयो, “हामी आलोकको कुरा गर्दैछौँ, यो शान्त कुकुर जुन यहाँ छ । आलोक एउटा यस्तो कुकुर हो जो हामीसँग लामो समयदेखि हिँडिरहेको छ । ऊ हिँड्यो र अहिले शान्तिको दूत ९एम्बेसेडर० बन्यो । तर कसरी, ऊ किन कुकुर बन्यो त रु यो शील ९नैतिकता०को कारणले हो, शील पालना नगरेको कारणले हो ।”

    सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।

    त्यस अवसरमा लुमिबनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले लुम्बिनी जहाँबाट मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश संसारभर प्रवाहित भएको छ, त्यही पवित्र भूमिमा सम्पन्न यस ‘शान्ति पदयात्रा’ कार्यक्रमले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप ऊर्जावान बनाएको बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताउनुभयो । उहाँले यसले लुम्बिनीको शान्ति पर्यटनमा पनि टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

    पदयात्राको टोली सोमबार ९आज० बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ ।

    विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्तिहरूलाई शान्तिकै उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाउनुभएको भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति÷प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको बताउनुभयो ।

    उहाँले धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’
    गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
    शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
    • राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
    • प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
    • प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
    • मौरीपालक किसानलाई परागकण बितरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.