सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मोडेललाई न्यूरो अस्पतालको रुपमा अगाडि बढाईदै, उपचार सेवामा छुटको घोषणा


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार २२:०७ 
  • भरतपुर । भरतपुरको दूरसञ्चार रोडमा रहेको चितवन मोडेल अस्पतालले स्थापनाको १० औँ वर्ष पार गरेको अवसरमा विभिन्न छुटसहितका कार्यक्रम घोषणा गरेको छ ।

    बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी अस्पतालले हाल प्रदान गरिरहेको सेवा सुविधालाई विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा अगाडि बढाउने बताएको हो । यसैक्रममा अस्पतालले वार्षिकोत्सवको अवसर पारेर काठमाडौँका विशेषज्ञ डाक्टरको साथ स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने भएको अस्पतालका मेडिकल ड्राइरेक्टर फिजिसियन डा. जगन्नाथ तिवारीले जानकारी दिनुभयो ।

    यहि फागुन १७ गते शनिबार काठमाडौँ वीर अस्पताल र नर्भिक अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्युरोलोजिष्ट डा राजिब झा आउनु हुने भएको छ । त्यस्तै नर्भिक अस्पतालका वरिष्ठ स्त्री प्रसुति तथा प्रजनन् रोग विशेषज्ञ डा. कुमकुम झा पनि स्वास्थ्य परीक्षणमा आउने मेडिकल डाइरेक्टर तिवारीले जानकारी दिनुभयो । सो दिनको परीक्षणमा सेवाग्राहीको १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    निःसन्तान भएका, स्त्री, प्रसुति प्रजनन् तथा विभिन्न न्यूरोसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

    यस्तै अस्पतालका बोर्ड अफ ड्राइरेक्टर केशव देवकोटाले अस्पतालमा नियमितरुपमा ओपीडी, आईपीडी, २४ औँ घण्टा आईसीयू तथा इमर्जेन्सी सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । निकट भविष्यमै काठमाडौँका अन्य मुटु, कलेजो, बाथ रोगलगायतका सिनियर कन्सल्ट्ल्यान्ट डाक्टरहरुबाट चितवनमै गुणस्तरीय सुविधा दिने उद्देश्यका साथ अस्पताल अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

    अस्पतालका प्रबन्ध सञ्चालक शम्भु सुवेदीले अस्पतालाई छिट्टै न्यूरो हस्पिटलको रुपमा अगाडि बढाउने तयारी गरिरहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.