सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा: मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्


  •    न्युजभित्तो/२९ जेष्ठ २०८३, शुक्रबार १४:३० 
  • काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाउनुभएको छ ।

    सांसद पूजा चौधरीले मिटरब्याजसम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताउनुभएको छ । उहाँले मिटरब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानार्कषण गराउनुभयो । सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।

    सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण बर्साका कारण नष्ट भएको खेती, भत्किएको बाटोघोटो र सडक मर्मत गर्न आग्रह गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले अर्थ विधेयकमा देखिएको कर दरको हेरफेर सुधारमा जोड दिनुभयो ।

    सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले देशको सीमासम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाउँदै सरकारको सीमासम्बन्धी स्पष्ट धारणा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘राष्ट्रिय समावेशी आयोगको आव २०८१र८२’ को सातौँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.