सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारीले गर्यो उद्योगमा दुई करोड रुपैयाँ लगानी, ‘गंगा’ ब्राण्डका दुग्धजन्य पदार्थ बजारमा आउँदै


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार २१:५४ 
  • पटिहानी (चितवन) । पश्चिम चितवनको पटिहानीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्न दुई करोड रुपैयाँ लगानी गरेको छ । सहकारीले गंगा ब्राण्डका दुग्धजन्य पदार्थ छिट्टै बजारमा ल्याउने तयारी गरेको हो ।

    सहकारीले अत्याधुनिक उद्योगबाट प्रशोधित दूध, दही, पनिर, घ्यू, आईसक्रिमलगायतका दुग्धजन्य परिकारहरु चैत मसान्तभित्र बजारमा ल्याउन लागेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार उद्योग स्थापना गर्न सहकारी विभागले ८५ लाख रुपैयाँको साझेदारी अन्तर्गत ६० प्रतिशत अनुदान स्वीकृत गरेको छ ।

    उत्पादित वस्तुहरु प्याकिङ गरी गंगा ब्राण्डका रुपमा बिक्री गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । यस सहकारीमा प्लान्ट मेसिन, दूध ढुवानी गर्ने सवारीसाधन समेत रहेका छन् ।

    उद्योग स्थापनाका लागि सहकारीले आधुनिक नमूना गाई फार्म तथा स्रोत केन्द्र सञ्चालन गरी दैनिक दुई सयदेखि ५०० लिटर दुग्ध उत्पादन गर्ने बताएको छ । हाल ४० वटा नश्ससुधार गरिएका दुहुना गाई फार्ममा रहेका छन् ।

    उद्योगले पशुपालन व्यवसायको माध्यमबाट स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा योग्दान पु¥याउने अपेक्षा गरिएको छ । अहिले भरतपुर महानगरपालिका २२ का ६ सय एक जना किसानले उत्पादन गरेको दूध सहकारीले खरिद गर्दै आएको छ । यस सहकारीमा दैनिक पाँच हजार लिटर दूध सङ्कलन हुने गरेको छ ।

    सहकारीले दैनिक एक हजार लिटर दूध र पाँच सय लिटरको दही प्याकिङ गर्ने लक्ष्य राखेका छ । बाँकी ५०० लिटरको घ्यु, पनिर, आईसक्रिमलगायतका सामग्री बनाउने लक्ष्य रहेको छ । बजार विस्तार गर्दै तीन हजार पु¥याउने लक्ष्य सहकारीले राखेको छ ।

    यहाँबाट उत्पादित वस्तुहरु नवलपरासी, रुपन्देही, कास्की, तनहुँ, गोरखा धादिङ र काठमाडौँलगायतका जिल्लामा बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । दूध र दुग्धजन्य पदार्थ उचित मूल्यमा उपलब्ध गराई पाँच वर्षभित्र राष्ट्रिय मापदण्ड स्तरको दुग्धजन्य पदार्थहरु बजारमा दैनिक १० हजार लिटर दूध प्रशोधन गरी बिक्री वितरण गर्ने लक्ष्य सहकारीको छ ।

    किसानलाई दूध उत्पादनका लागि प्रोत्साहन गर्नका लागि सहकारीले नयाँ नीतिसमेत ल्याएको छ । पशु व्यवसायमा आवश्यक पर्ने औषधि सहुलियत, ऋण, घाँस दानाको उचित व्यवस्था, पशु सुत्केरी खर्चको आर्थिक भार कम गर्नको लागि प्रतिपशु एक हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । दूध उत्पादन लागत कम गर्न पशु व्यवसायमा आवश्यक पर्ने औषधि सहुलियतरुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

    उद्योग स्थापना भएपछि सहकारीले प्रतिलिटर १० रुपैयाँ किसानलाई अनुदान दिन सक्ने अनुमान गरिएको छ । अहिले किसानबाट सहकारीले सरदरमा ५७ रुपैयाँमा दूध खरिद गर्दै आएको छ । उद्योग सञ्चालनपछि ६७ रुपैयाँमा खरिद गर्न सकिने बताईएको छ ।

    विसं २०४९ सालमा स्थापना भएको यस सहकारीले गत आर्थिक वर्षमा १५ करोड ८ लाख, एक हजार ९ सय ७९ रुपैयाँको कारोबार गरी ६ लाख ८ हजार ६ सय २२ रुपैयाँ बचत गर्न सफल भएको थियो । चालु आर्थिक वर्षमा १९ करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिईएको छ ।

    सहकारीले पशु फार्म सञ्चालन गर्न ४ विगाहा ३ कठ्ठा जग्गा भाडामा लिई सो मध्ये २ विगाहा १३ कठ्ठामा पशुका लागि आवश्यक पर्ने बहुवर्षीय, डाले र मौसम अनुसारको घाँस खेती गर्र्दै आएको छ । पटिहानीको धनौजीमा केन्द्रीय कार्यालय रहेको सहकारीले गंगानगर र बरौजीमा समेत दूध सङ्कलन केन्द्र स्थापना गरेको छ ।

    सहकारीले यही फागुन १६ गते निःशुल्क पशु स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.