सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनचाँदीको मूल्य आज पनि घट्यो


  •    न्युजभित्तो/२८ जेष्ठ २०८३, बिहीबार १२:५३ 
  • काठमाडौँ, २८ जेठ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । 

    हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।

    गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।  

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट
    रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
    धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
    • कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह
    • चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
    • डा रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया
    • प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.