सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माले महासचिव सीपी मैनाली दुर्घटनामा गम्भीर घाइते, ग्राण्डीमा उपचार हुँदै


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार १७:२६ 
  • महोत्तरी । नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सीपी) मैनाली आज अपराह्न सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते हुनुभएको हो ।

    नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनामा परी नेता मैनाली, उहाँका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति पीएन र कार चालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिनुभयो ।

    घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा लगिएको छ । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्याएको थियो । पाँचजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

    नेता मैनाली बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान सवा ५ बजे काठमाडौँका लागि हिँड्नुभएको थियो । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उहाँ केही दिनअघि झापा जानुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.