सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १६:५१ 
  • काठमाडौँ, २६ जेठ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्दै राष्ट्र, सङ्गठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो ।

    उहाँले आफू मातहत कर्मचारीको मनोबल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउँदै मातहत कर्मचारीका गुनासालाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र सङ्गठनको नाम उच्च रहने मात्र नभई कमाण्डर र तल्लो तहसँगको सामिप्यता बढ्नुपर्नेमा जोड दिनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र उर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्कका भए । कर्तव्य निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ ।

    उहाँले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करीविरुद्ध कडा रूपमा प्रस्तुत भई नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरू सीमाबाट भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरू थप सक्रियकाताका साथ लाग्नुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.