सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यात्रु बोक्ने चारपाङ्ग्रे म्याजिक भ्यानको रुट निर्धारण


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार १७:०९ 
  • चितवन । चितवनमा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिक भ्यानको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५ सय ८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको हो । आज यहाँ आयोजित रुट नम्बर वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र संयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष चिनीबहादुर बोहोराले तोकिएअनुसारको क्षेत्रमा सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    सो अवसरमा भरतपुर चक्रपथमा सबैभन्दा बढी २ सय ५०, शारदानगरतर्फ ९२, गीतानगरतर्फ ७१, विजयनगरतर्फ २९, गौरीगञ्जतर्फ ४३, गोन्द्राङतर्फ ५३, भोजाडतर्फ १४, खोलेसिमलका लागि १८, गैँडाकोटका लागि ४४, मुग्लिनका लागि २०, पर्साका लागि ३० र देवघाटका लागि १० म्याजिकलाई सञ्चालनका लागि अनुमति दिइएको छ ।

    यसअघि इजाजत दिँदा जिल्ला र अञ्चलभरिनै सञ्चालन गर्न पाउने सुविधा दिएपछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो । बजार अस्तव्यस्त बनेको र ग्रामीण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भएपछि स्थानीयस्तरको आवश्यकतालाई ध्यानमा राखेर सङ्ख्या निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो ।

    रुट नम्बर पाएका सवारीसाधनलाई एक साताभित्र सञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडि राख्न आग्रह गरिएको छ । चितवनमा ६ सय ७४ म्याजिक दर्ता छन् । रुट नपाएकाको कागजपत्र हेरेर आवश्यकता महसुस भएका क्षेत्रमा थप गरिने उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.