सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा


  •    न्युजभित्तो/१५ फाल्गुन २०७६, बिहीबार १२:४२ 
  • ताप्लेजुङ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो ।

    दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

    तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो । पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केही मिनेट नबित्दै दुर्घटना भएको थियो ।

    यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई रु ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई रु २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.