सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १३:२५ 
  • चितवन, २१ जेठ । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । 

    बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो । 

    महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ । 

    ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको  छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच  २०८३ पुस २२ गते काम सक्ने गरी कूल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।

    धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.