सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपा सभापति लामिछाने भारत प्रस्थान


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार १६:३८ 
  • काठमाडौँ, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुभएको छ ।

    भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने पाँचदिने भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै उहाँ भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।  

    सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

    प्रतिनिधिसभामा करिब दुई तिहाइको सङ्ख्या रहेको सत्तारूढ पार्टीका सभापति लामिछानेको यस किसिमको औपचारिक भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.