वाग्मती प्रदेश सरकारले सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै
"१३८३ पक्की आवासका लागि ४८ करोड बिनियोजन "
न्युजभित्तो/१३ फाल्गुन २०७६, मंगलवार १९:५२
हेटौँडा । वाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । त्यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा ४८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
सीमान्तकृत तथा लोपोन्मुख जातिका एक हजार ३ सय ८३ वटा पक्की आवास निर्माण गरिने योजनासहित मन्त्रालयले सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
शहरी विकास तथा भवन कार्यालयले लक्षित वर्गका लागि मकवानपुरका ६ सय ५० तथा चितवनका ७ सय ३३ गरी एक हजार ३ सय ८३ परिवारलाई घर बनाउने प्रक्रिया अगाडि बढाएको हो । सो कार्यालयले ती दुवै जिल्लाका शहरभित्रका चेपाङ, राउटे, पहरी, माझी, बोटे तथा दलित समुदायका लागि लक्षित गरी सो योजना ल्याएको जनाएको छ ।
प्रतिघर निर्माणका लागि तीन लाख ५० हजार रुपैयाँ तोकिएको छ । भूकम्प प्रतिरोधात्मक, शौचालय र दुई कोठे घर निर्माण गर्ने योजनाअन्तर्गत १५ प्रतिशत लक्षित समुदायका लागि निर्माण गर्न लागिएको बताइएको छ । कार्यालयका अधिकृत मनोज लामिछानेका अनुसार चालु आवमा आवास निर्माणका लागि छनोट प्रक्रिया हुने र आउँदो आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ ।
कार्यालयद्वारा जारी सूचनाअनुसार कागजपत्रलगायतका सही विवरण पेश गर्नेलाई मात्र आवास निर्माण गर्ने बताइएको छ । उता लक्षित भूमिहीनलाई जग्गाको व्यवस्था भएमात्र आवास निर्माण गरिदिने जनाइएको । यस कार्यक्रमले मकवानपुरका अति लोपोन्मुख वनकरिया, चेपाङलगायतका जाति उत्साहित भएका छन् ।
यसैबीच, वाग्मती प्रदेश सरकारले प्रदेशमा ४७ वटा प्रहरीचौकी निर्माण गर्न लागेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आवदेखि शुरु गरेको निर्माण कार्यमा सात वटा भवन निर्माण भइसकेको जनाएको छ । बाँकी निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको र छिटो निर्माण सम्पन्न गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । यस निर्माणले प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन कायम गर्ने कार्यमा सहयोग पुर्याउने मन्त्रालयले जनाएको छ ।