सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई


  •    न्युजभित्तो/१७ जेष्ठ २०८३, आईतवार ११:४८ 
  • अमरगढी (डडेल्धुरा), १७ जेठ । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ ।

    डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ ।

    त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ । डडेलधुराले ६ स्वर्ण, सात रजत र १७ कास्य पदक जित्यो । बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे । प्रतियोगिताभर कुल २३२ पदक वितरण गरिएको थियो । जसमा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश रहेका थिए ।

    समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्र युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै प्रदेश सरकारले खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीबीच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल, कबड्डीलगायत खेलमा प्रतिस्पर्धा भएको थियो । छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिनेछ ।

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना तथा खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.