सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री


  •    न्युजभित्तो/१४ जेष्ठ २०८३, बिहीबार १५:३९ 
  • काठमाडौँ, १४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवद्र्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आज बिहान यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो ।

    नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

    मन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध सन्तुलित, मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य भएको बताउनुभयो ।

    “परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई समयमै सेवा प्रदान गर्न म लागिपरेको छु । राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाएका छौँ । पहिले हप्तौँ लाग्ने राहदानी अहिले आवेदन दिएको दुई–तीन दिनमै र कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सक्ने अवस्थामा पुगेका छौँ”, मन्त्री खनालले भन्नुभयो ।

    उहाँले विदेशमा रहेका नेपालीका समस्या सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब विदेशमा अलपत्र परेका वा समस्यामा परेका नेपालीले उक्त एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको उहाँको भनाइ थियो ।

    उहाँले निर्वाचनपछि सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको बताउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । फजुल खर्च नियन्त्रण गर्न मन्त्रालय घटाइएको उहाँको कथन थियो ।

    मन्त्री खनालले गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउनुभयो ।

    चक्रपथ विस्तारको सम्झौता चीनसँग भइसकेकाले अब निर्माणले गति लिने तथा गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी तत्काल काम थालिने उहाँले बताउनुभयो ।

    टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले सङ्घीय सरकारसँगको सहकार्यमा गोँगबु–टोखा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू लागिपरेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.