सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सारङ्गीको धुनमार्फत ट्राफिक सचेतना


  •    न्युजभित्तो/१३ फाल्गुन २०७६, मंगलवार ०८:२३ 
  • काठमाडौँ । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७ सय व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो ।

    महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ ।

    सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाउनुभएको हो । महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.