सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री थापाको प्रतिबद्धता : गोन्द्राङको ढाट सर्छ


  •    न्युजभित्तो/१२ फाल्गुन २०७६, सोमबार १९:५५ 
  • चितवन । गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आज आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

    गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।”

    गृहमन्त्री थापाले राजमार्गमा राखिएका सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाट सर्छ ।” सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उहाँले बताउनुभयो ।

    पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो । सङ्घका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.