सरकारको नीति तथा कार्यक्रम : सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक
/२० बैशाख २०७६, शुक्रबार १७:४०
काठमाडौँ :
सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने सङ्कल्प पनि नीति तथा कार्यक्रममा गरिएको छ । प्रदेश र स्थानीय तहबीच असल अभ्यासको आदान प्रदानका लागि अभियान सञ्चालन, भूउपयोगको नीति कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ भित्र सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ । दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।सन् २०२० मा नेपाल भ्रमण वर्षका लागि अभियान चलाइने, माटो मौसम अनुकूल खेती गरिने, कान्ला कान्ला फलफूल लगाइने, निर्माण, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा रोजगार सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिककलाई सम्मान र सुरक्षा दिइने, योगदानका आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने, डिजिटल नेपालको पाँच वर्षे कार्ययोजना लागू गरिने, यातायात क्षेत्रको एकाधिकार अन्त्य गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘नेपालको पानी, जनताको लगानी’लाई प्रभावकारी बनाइने
‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ । आम नेपालीको लगानीमा ऊर्जा उत्पादनलाई बढावा दिन त्यस्तो कार्यक्रम अगाडि सारिएको हो । सो कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री गरी सकिएको छ ।
तीमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको बिहीबार मात्रै साधारण शेयर बाँडफाँटसमेत गरिसकिएको छ । यस्तै आगामी आवभित्रै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने राष्ट्रपति भण्डारीले बताउनुभयो । हाल सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ । सबै नेपालीलाई स्वच्छ ऊर्जा पु¥याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।
‘दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार’
राष्ट्रपति भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं अन्य मुलुकको उच्चस्तरीय भ्रमणबाट अन्तरराष्ट्रिय सम्बन्धको विकास र लगानीमैत्री वातावरण सिर्जना भएको बताउनुभयो । वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ ।
जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ । रासस