सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समृद्धिका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा


  •    न्युजभित्तो/१२ फाल्गुन २०७६, सोमबार १८:१२ 
  • चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताउनुभयो ।

    आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताउनुभयो । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रहरीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।” मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।” पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उहाँले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताउनुभयो । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताउनुभयो ।

    एघार कोठे सो भवन एक करोड ५३ लाख ५३ हजार ३सय १८ रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो । भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.