सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ: अध्यक्ष शर्मा


  •    न्युजभित्तो/७ जेष्ठ २०८३, बिहीबार १७:०२ 
  • मोरङ, ७ जेठ । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । 

    नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको सभाको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्र, प्रेस स्वतन्त्रताको संरक्षण तथा सवर्द्धनमा सरकार र सम्बन्धित निकायहरुल थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका पत्रपत्रिकाहरुलाई विज्ञापन वितरणमा हुने भेद्भाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकार समक्ष माग राख्नुभयो ।

    अध्यक्ष शर्माले पत्रकारको आन्दोलन आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बलियो भएमा मात्र मुलुकमा भ्रष्टाचार अन्त्य भइ सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समस्या समाधानमा कलम चलाउन सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो । पत्रकार महासङ्घका मोरङ अध्यक्ष सुशीला पाठक,  महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारी लगायतले  आफ्ना धारणा राखेका थिए । 

    साधारणसभामा संस्थाको वार्षिक कार्यक्रम, आर्थिक विवरण तथा आगामी दिनको कार्ययोजनामाथि छलफल गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जब फेवातालमा डुङ्गा पल्टियो…
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
    आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने: मुख्यमन्त्री आचार्य
    • त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
    • लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ: अध्यक्ष शर्मा
    • Beyond GPS Tracking: NepTrack’s Vision for a Smarter Nepal
    • दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.