सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी


  •    न्युजभित्तो/७ जेष्ठ २०८३, बिहीबार १२:३९ 
  • काठमाडौँ, ७ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिनुभएको छ ।

    सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गर्नुभयो । सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहे पछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास छ ।

    सांसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्नुहुनेछ । आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख अर्यालले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिनुभयो ।

    संसद्मा आकस्मिक समयमा साथै शून्य समय र विशेष समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराउने पनि संसदीय अभ्यास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.