सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले जन्म घरमा यसरी मनाउनुभयो आफ्नो जन्मोत्सव


  •    न्युजभित्तो/११ फाल्गुन २०७६, आईतवार २१:४७ 
  • तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव आज आफ्नो जन्म घर तेह्रथुमको आठराईमा मनाउनुभएको छ । त्यस अवसरमा उहाँले आठराई क्षेत्रका ४ सय ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभयो ।

    आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४, ईवामा रहेको जन्मघर आउनुभएका ओलीले आज नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गर्नुभयो ।

    आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४, ईवामा रहेको जन्मघर आइपुग्नु भएका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यास गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताउनुभयो । आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

    ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    उहाँले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताउनुभयो । “कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही घरमुनीको टार बारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।”

    सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौषमी तरकारी, फलफूल लगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गर्नुभयो । स्कुसका लागि आफ्नो जन्म घरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गर्नुभयो ।

    बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आप्mनो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बीर खिचाउनुभयो । बाल्यकालका केही दौँतरीसँग पनि उहाँले भलाकुसारी गर्न भ्याउनुभयो । ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाउनुभयो । पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाउनुभयो । प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि आज नै उद्घाटन गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    • बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.