सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानेपानी र विद्युतीकरण उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो’


  •    न्युजभित्तो/११ फाल्गुन २०७६, आईतवार २१:०५ 
  • रवीन्द्र काफ्ले
    पाँचथर । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

    “पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पुर्याउने होला भन्ने त्यो चिन्ता थियो”, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।” उहाँले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताउनुभयो ।

    यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भन्नुभयो, “देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।”

    खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो । “खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपर्थ्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपर्थ्यो । त्यो अब हटेको छ ।”

    प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक÷दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

    “अब म सुझाव भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ । त्यसैले राम्रा रेष्टुराँ, राम्रा लज खोल्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन् । गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला ? उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजङ्घा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराउनुभयो । आफूसँग आउनुभएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुबारे करीब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गर्नुभयो । “म अचानक गम्भीर बिरामी परेको थिएँ । अचानक ठूलो शल्यक्रिया गरेर उपचार गर्नुपर्ने डाक्टर पनि यहाँ हुनुहुन्छ, डा रमेशसिंह भण्डारी । उहाँ पाँचथरकै पल्लो छेउ बैतडीको वासिन्दा हुनुहुन्छ ।” प्रधानमन्त्री ओलीले डा दिलीप शर्मालगायत चिकित्सकहरुलाई परिचय गराउँदा सहभागीहरुले तालीले स्वागत गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.