सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १४:३५ 
  • काठमाडौँ, ५ जेठ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट काम चलाइरहेको छ, अहिले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेज हुँदा बिजुली बत्तीबाट चल्ने घरेलु उपकरण पनि चल्न सकेको छैन, समस्या समाधान गर्न छिटो पहल गरियोस् ।”

    सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार आलेमगर, मोहमद खालिद, युवराज शर्मा र राजेन्द्र लक्ष्मी गैरेले देशको समसामयिक विषयमा सरकारसँग चासो राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.