सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १३:४१ 
  • काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

    सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

    सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुुकुमवासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।”

    सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो रु, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो रु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.