सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार ११:१८ 
  • भक्तपुर, ५ जेठ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

    रफत सञ्चार क्लबद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताउनुभयो । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उहाँले आग्रह गर्नुभयो । 

    उहाँले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताउनुभयो । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य रहेको उल्लेख गर्दै सचेतक थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुटउपगुट तथा आन्तरिक मन्थन भएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जोखिम मोलेर मह सिकार
    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    • मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.