सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार १६:४५ 
  • देउखुरी (दाङ),४ जेठ । घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताउनुभयो । 

    उहाँका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ । यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।

    यो जलाशय निर्माण भएपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । १५० घरका सबैले खेती गरेका छौँ ।” आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । 

    घोराही(१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको हुनुभयो । उहाँँले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि पेसा गर्दै आउनुभएको हो । आफ्नो एक बिघा र भाडामा लिएको छ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको छ । चौधरीले व्यावसायिक तरकारीखेती गर्न थालेको पाँच वर्ष भएको जानकारी दिनुभयो ।

    पछिल्लो समय एकयाममा तरकारी बिक्री गरेर रु ९० हजारदेखि रु एक लाखसम्म आम्दानी भइरहेको उहाँले बताउनुभयो । “पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहँुच पुग्यो र खेती सुरु भयो”, उहाँले भन्नुभयो ।

    सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भटिनुभयो । उहाँका खेतमा धनिया, लौका, करेला, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उहाँ तरकारी बारीमा भेटिनुहुन्छ । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गर्नुभयो । “तरकारीखेती गरेपछि घरमा खान भएको छ, बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ”, उहाँले भन्नुभयो ।

    ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताउनुभयो । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ । 

    कर्जाही गाउँबाट दैनिक रु ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँका २५० परिवारको १०० बिघा जमिनमा सिँचाइ पुगेको छ । 

    अध्यक्ष चौधरीले भन्नुभयो, “अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।” खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतवारीमा व्यस्त रहने गरेको उहाँको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको  चौधरीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
    प्रतिनिधिसभा बैठक: संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
    त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
    • सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
    • प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    • ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.