सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार १३:२८ 
  • काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले सडक मार्गलाई सुरक्षित बनाउनपर्नेदेखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    बैठकमा सांसद ठाकुरसिंह थारु यही जेठ १ गते बर्दियाको बबई नदीमा लठवा मसान घाटको एकातिर लास जलाइरहेको र अर्कोतिर डोजर चलाइरहेका विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दाहसंस्कार गर्दा बस्ने भवन भत्काउन आदेश दिने वनका कर्मचारीलाई कारबाहीको माग गर्नुभयो ।

    सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथ रथको दायाँबायाँ राखिने कर्कट नागको करिब ९० केजीको तामामाथि सुनको जलप लगाएको हिटीमङ्ग हराएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद खुस्बु ओलीले नेपालबाट कुवेत गएकी शर्मिला दर्जी अलपत्र अवस्थामा परेको उल्लेख गर्दै दर्जीको तत्काल खोजी गर्न माग गर्नुभयो । सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने जिम्मेवारी लिएका कम्पनीहरुले सडक सुरक्षालाई बेवास्ता गर्ने, खाल्डाहरु यत्तिकै छाड्नाले दुर्घटना बढको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद धनेन्द्र कार्कीले बालबालिकाहरुले भोग्नुपरेको दुर्व्यवहारसम्बन्धी घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटना हुन नदिन सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गर्नुभयो । सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने आजको दिन भएका उल्लेख गर्दै उक्त विषयमा ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवराज राईले अलपत्र परेको सडक, सवारीसाधन र यात्रुहरुको सुरक्षामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद सुरेशकुमार चौधरीले यही जेठ १ गते राप्ती सुनारी गाउँपालिका-३ मा पर्ने सामुदायिक वनका बाख्रा चराइरहेको अवस्थामा चारजना थारु महिलामाथि १०र११ जनाको समूहमा आएका मानिसहरुले कुटपिट तथा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
    सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
    प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    • ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    • अव्यवस्थित तार हटाइँदै
    • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.