सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अव्यवस्थित तार हटाइँदै


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार १२:३२ 
  • चितवन, ४ जेठ । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो ।

    भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरुले गरिरहेको उहाँले जानकारी दिनुभयो । इन्जिनियर बोटले भन्नुभयो, “महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरुलाई सुन्दर र व्यवस्थित गर्ने काम भइरहेको छ ।” 

    महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासनसहितको बैठक पछि इन्टरनेट सेवा प्रदायकहरुलाई अव्यवस्थित रहेका तारहरु हटाउन लगाइएको बताउनुभयो । महानगरभित्र यस्ता तारका कारण असुरक्षित र कुरुप देखिएको भन्दै उहाँले आफ्नो तार व्यवस्थापन नगरेमा नगर प्रहरीले हटाउने भएकाले तत्काल काम गर्न भनिएको बताउनुभयो । 

    सबै सेवा प्रदायक  र महानगरका नगर प्रहरीहरुले पोलहरुमा काम गरिरहेको बताउनुभयो । यही वैशाख २७ गतेदेखि निरन्तर रुपमा काम भइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    अव्यवस्थित तार हटाइँदै
    • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
    • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
    • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
    • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.