सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल


  •    न्युजभित्तो/३ जेष्ठ २०८३, आईतवार १६:५० 
  • काठमाडौँ, ३ जेठ । पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केबल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको विषय भएको बताउनुभएको छ । 

    विश्व सडक सुरक्षा सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनमा नागरिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवार र अनुशासित सडक प्रयोगकर्ता बन्न आग्रह गर्नुभयो ।

    नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक भएको उल्लेख गर्दै नियम पालनामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको पालना, सवारीसाधनको नियमित परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानी तथा पैदलयात्रुको सचेत व्यवहारले दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो ।

    त्यस अवसरमा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय रोटरीको सडक सुरक्षा कमिटीका अध्यक्ष नुगल वैद्य, निमा नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाल, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीलगायतले सवारी दुर्घटनाका चुनौती, ट्राफिक अनुशासन तथा सुरक्षित यातायात प्रणाली निर्माणका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.