सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना


  •    न्युजभित्तो/३ जेष्ठ २०८३, आईतवार १४:२५ 
  • पर्वत, ३ जेठ । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो । 

    सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताहरूमा हराउँदै गएको पठन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा (एमाले) पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । पुस्तकालयमा राजनीति, कानुन, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृतिलगायत नेपाली साहित्यका सबै विधाका पुस्तकहरू राखिएको छ । 

    पुस्तकालयमा झन्डै तीन हजार पुस्तक राखिएको र थप सङ्कलनको कार्य भइरहेको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाडीको भनाइ छ । पुस्तकालयमा पहिलो चरणमा १५ हजारभन्दा बढी पुस्तकहरू राखिने भएको छ । 

    यहाँ फलेवासको मोति पुस्तकालय निरन्तर सञ्चालनमा रहेको छ । यो नेपालकै नमूना पुस्तकालयका रूपमा पुरस्कृत भइसकेको छभने छिमेकी जिल्ला बागलुङमा पनि विद्यामन्दिर पुस्तकालय लामो समयदेखि सञ्चालनमा रहेको छ । अन्य पुस्तकालयहरू भने बन्द भइसकेका छन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.