प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक
न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार २२:१०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा उहाँको ६९औँ जन्मोत्सवको सुअवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै हुनुहुन्छ । उक्त समारोहमा उहाँका ९० वर्षीय पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनका सन्दर्भमा उहाँद्वारा लिखित ‘भिजन टु एक्सन’ कृति शनिबार बालुवाटारमा सार्वजनिक गरेपछि पिता मोहनप्रसाद ओलीले छोरा प्रम ओलीलाई शुभकामना दिँदै ।
आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सार्नुभएको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेट्नुभएको छ ।
पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताउनुभयो । उहाँले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भन्नुभयो, “अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।”
उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरु अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भन्नुभयो । उहाँले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताउनुभयो ।
नेपाललाई ढुङ्गा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि उचित व्यवस्थापनको अभावमा घर बन्न नसकेको सन्दर्भ जोड्दै उहाँले केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले देश गरीब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भन्नुभयो, “कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ ।” उहाँले धेरै ठूलाठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । सरकारले सडक बालबालिका, सडकमानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको समेत बताउनुभयो ।
समृद्धिको यात्रामा अघि बढेको मुलुकमा विगतको सुस्ततालाई चिर्दै अहिले हरेक दिन छ किलोमिटर सडक बनिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई वर्षमा साढे तीन सय पुल बनेको छ, तुइन विस्थापित भएको छ, ऊर्जा उत्पादनमा असाधारण वृद्धि भएको छ, सञ्चिति र बचतमा वृद्धि भएको छ, व्यापार असन्तुलन अलिकति भए पनि न्यून गरेका छौँ ।” प्रधानमन्त्री ओलीले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘केमिकल’ स्वाद भएका वस्तुहरु आयात गरेर स्वास्थ्य र अर्थतन्त्र बिगार्ने काम भइरहेकाले आनीबानी बदल्नुपर्ने सुझाव दिनुभयो ।
पुस्तकको टिप्पणीका क्रममा कूटनीतिज्ञ शम्भुराम सिङ्खडाले प्रधानमन्त्री ओलीलाई रङ्गीन, मौलिक र आफ्नो कुरालाई प्रस्तुत गर्नसक्ने शक्तिशाली व्यक्तिको सङ्ज्ञा दिँदै उहाँको पुस्तकमा संयुक्त राष्ट्रसङ्घ, भारत, चीनलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, लगानी, व्यापारघाटा र त्यसलाई पूर्ति गर्न आवश्यक पर्ने सुधारको बारेमा उल्लेख भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सयौँ वार्षिकोत्सवमा सम्बोधन गर्नुभएको र सरकारले अघि सारेको सामाजिक सुरक्षाको विषय पनि पुस्तकमा समावेश छ । पुस्तकमा उहाँले समन्यायिक र सामाजिक विकासको परिकल्पना समेट्नुभएको छ । सन् २०३० सम्ममा मुलुकलाई विकासको नयाँ स्थानमा पुर्याउने लक्ष्य किताबको ठाउँठाउँमा व्यक्त भएको सिङ्खडाले बताउनुभयो । “वैचारिक धरातल, नीतिगत दृष्टिकोण र कामको फेहरिस्त पुस्तकको रुमपा आएको छ, अब वुद्धिजीवी भन्नेहरुले त्यसको चिरफार गरेर कि सकारात्मक दृष्टिकोण दिनुपर्यो कि आलोचना गर्न छाड्नुपर्यो”, सिङ्खडाले भन्नुभयो । उहाँले सबैभन्दा महत्वपूर्ण शक्तिशाली संयन्त्र र त्यसको सवलीकरण तथा प्रभावकारी विकासबिना समाजको रुपान्तरण सम्भव नभएकाले त्यस संयन्त्रको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको बताउनुभयो ।
अर्का टिप्पणीकार डा विन्दु लोहनीले सीप, स्तर र नैतिकतामा आधारित अर्थतन्त्र बनाउने प्रधानमन्त्रीको सोच किताबमा झल्किएको बताउनुभयो । नेपालका धेरै विकासका कामको अभिभारा प्रधानमन्त्री ओलीले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उहाँले पुस्तकका विषयवस्तुमा पूर्ण सहमति जनाउनुभयो ।
उहाँले अहिले मुलुकको आर्थिक अवस्था उकास्ने समयमा ठूला कार्ययोजना कार्यान्वयनमा लैजानुपर्छ भन्नुभयो । सुशासनमा भ्रष्ट व्यक्ति पार्टीमा रहन सक्दैन भन्ने प्रधानमन्त्रीको कुराले आफूलाई छोएको उल्लेख गर्दै लोहनीले थप्नुभयो, “पहिलोमा भ्रष्टाचार विकासको शत्रु हो, विकासका लागि भने दोस्रो कानूनको शासन, तेस्रो आर्थिकवृद्धि, चौथो संस्थागत संरचना र पाँचौँ शिक्षा र प्रविधिलाई प्रधानमन्त्रीले आफ्नो पुस्तकमा जोड दिनुभएको छ ।”
पुस्तक प्रकाशन संस्था रत्नपुस्तक भण्डारका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले पुस्तकको असर पुस्तक र पाठकका बीचको सम्बन्धमा मात्र सीमित नभई यस दृष्टिकोणमा आधार भएर मुलुक सञ्चालन भइरहेको छ भन्ने अभिव्यक्ति छ भन्नुभयो । उहाँले पुस्तक देख्न र पढ्नका लागि मात्रै नभई मुलुक र जनताको जीवनमा परिवर्तनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो दृष्टिकोण मुलुकको हितका लागि पुस्तकमार्फत अघि सारेको श्रेष्ठले बताउनुभयो ।