सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार ११:३८ 
  • चितवन, ३१ वैशाख । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो ।

    कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ । सोहीअनुसार यसवर्ष वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा वृद्धि हुने गर्दछ ।” उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो । विभिन्न कारणले रानो बुढो हुने, मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु तीनदेखि पाँच वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।

    यससँगै ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएको उहाँले जानकारी दिनुभयो । अहिले जिल्लाका १६ किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिइ रहेको छ । किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिएपछि आफ्नै घरमा यो प्रविधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो ।

    यसवर्ष कृतिम प्रविधिबाट मौरीका १० रानो उत्पादन गरिएको छ । यस प्रविधिबाट उत्पादन गरिएका रानोमध्ये चार मात्रै बाँच्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसवर्ष सो प्रविधिबाट उत्पादित रानोमध्ये १० बचाउन सक्ने गरी उत्पादन थालिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै
    योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह
    सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ
    • पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
    • उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड
    • आलेख: संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख
    • प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.