सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार १६:२९ 
  • काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको छ ।

    त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताउनुभएको थियो ।

    प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाउनुभएपछि बुर्लाकोटीले सदनको कारबाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा सदनको कारबाही रोकिन नहुने धारणा राख्नुभयो ।

    विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आशन ग्रहण गरेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

    नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गर्नुभयो ।

    नेकपा९एमाले०का सांसद गुरु बरालले ‘असंसदीय शब्द’को छानबिनका लागि समिति बनाउन माग गर्नुभयो । यस्तै, सोही दलका सांसद पद्या अर्यालले सदनमा प्रधानमन्त्रीको उपस्थिती हुनुपर्ने धारणा राख्नुभयो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.