सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार १६:१६ 
  • काठमाडौँ, ३० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।

    ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सो घटनाबारे छानबिन गर्न र तत्काल मर्मत गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । हुरीबतासका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनस्र्थापना गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।

    १३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।

    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.