सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगरप्रमुखको गाडी खरिद गर्ने बजेटले शववाहन


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १२:३८ 
  • चितवन, २९ वैशाख । यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ ।

    गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो ।

    नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट शववाहन खरिद गरियो ।”

    जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको रेग्मीले बताउनुभयो ।

    कतिपय खाडीमुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.