सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्तीसारमा जन्मिए चार छावा


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार ११:२६ 
  • चितवन, २९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ ।

    प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् । तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन् । हाल केन्द्रमा नौवटा माउ, एउटा तालिमे बच्चा र छवटा साना बच्चा छन् । तीमध्ये दुईवटा गत वर्षका हुन् भने चारवटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनामा बच्चालाई जन्म दिने गर्दछन् ।

    निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी हात्तीको सङ्ख्या ५८ वटा रहेका थिए । गत वर्ष दुईवटा हात्ती कतार पठाइएको छ । विसं २०४४ मा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथी हात्तीलाई जङ्गली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् ।

    ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन गराउँदै आएका छन् । यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका दुईवटा जङ्गली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीचमा केन्द्रमा लडाइँ भएपछि अन्य हात्ती र माउते त्रसित भएका थिए । यहाँ जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका पोष्टहरूमा काम गर्न पठाउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.