सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष


  •    न्युजभित्तो/२८ बैशाख २०८३, सोमबार १५:०५ 
  • चितवन, २८ वैशाख । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो ।

    गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ ।

    विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिनुभयो ।

    आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर ९मल० सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक स्ट्रक्चर’ फरक हुने गर्दछ । आचार्यका अनुसार सामान्यतया गैँडाले एकै ठाउँमा दिसा गर्छन् । ती ठाउँहरुको पहिचान गरी सिसी क्यामरा जडान गरेर पटकपटक गोबर सङ्कलन गरिन्छ । यी सबै कामलाई कसरी गर्ने भन्ने विषय प्रोटोकलमा उल्लेख गरिने उहाँले जानकारी दिनुभयो ।

    मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्जमा यो विधिबाट गैँडाको गणना गरिने छ । ठूलो क्षेत्र भएकाले कति प्रतिशत भूभागबाट गोबर सङ्कलन गर्ने भन्ने विषय प्रोटोकलमा निर्धारण गरिने छ । गैँडाको वासस्थान, खोलाको किनार, घाँसेमैदान, नदी तटीय वन क्षेत्र हुने गर्दछ । नेपालका चार निकुञ्जमा गैँडा पाइन्छन् । बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष रुपमा हेरेर गणना गर्न सकिने भएकाले यो बिधि चितवन राष्ट्रिय निकुञ्जमा मात्र प्रयोग गरिने छ ।

    नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने जनाइएको छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ ।

    आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारी खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता लाग्छ । त्यसमा ठूलो सङ्ख्यामा हात्तीलगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।

    आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताउनुभयो ।

    सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’
    छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…
    सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल
    • मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी
    • अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी
    • एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
    • स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.