सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १३:३१ 
  • चितवन, २७ वैशाख । डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान थालिएको हो । 

    देवघाट क्षेत्र विकास समितिले १० वर्षअघिदेखि निरन्तर रुपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका २५ वटा रुख कटान सुरु गरिएको छ । सो सडकमा रहेका ६२ वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो ।

    डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डका १० वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो । नियमित प्रक्रियाअन्तर्गत ती रुख कटान गरिएका हुन् । अन्य रुखको हकमा वन नियमावली २०७९ को तेस्रो संशोधनको नियम ३६ को उपनियम ६ अनुसार जङ्गलभित्रको बाटो, विद्युत्, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिँगा वा रुखै हटाउनसक्ने व्यवस्थाअनुरुप कटान सुरु गरिएको हो ।

    थप रुख पनि अध्ययन गरी कटान गरिने उहाँले जानकारी दिनुभयो । वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रुख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ ।

    धार्मिक महत्व बोकेको देवघाट आवतजावत गर्ने सडकमा रुख परेपछि आवतजावतमा कठिनाइ भएको थियो । कतिपय रुख जुनसुकैबेला ढल्नसक्ने अवस्थामा रहेका थिए । ती रुख बरण्डाभार वन क्षेत्र र सतनचुली एवं जलदेवी सामुदायिक वनमा पर्दछन् ।

    पूर्वपश्चिम राजमार्गको टिकौली क्षेत्रमा, भरतपुरदेखि कालिका नगरपालिका जाने भोजाडदेखि हरिपुर पोष्टसम्म र लामाटोलदेखि पदमपुरसम्मका सडक किनारका जोखिमयुक्त, रुख पहिचानको काम सुरु गरिएको छ । सो क्षेत्र वरण्डाभार र नवजागृति सामुदायिक वनमा पर्दछ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अगाडिको खगेरी नहरमा रहेको रुख कटानका लागि अनुगमन सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा वन कार्यालयले वैशाखभित्रमा जोखिम रहे नरहेको अध्ययन गरी जोखिमयुक्त भएमा कटानका लागि प्रक्रिया अगाडि बढाउने आचार्यले बताउनुभयो । उहाँले सडक छेउ र अन्य जोखिम क्षेत्रमा रहेका रुखलाई प्रचलित कानुनबमोजिम हटाइ जोखिम न्यूनीकरणमा वन कार्यालय लागेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
    अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
    वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
    • कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
    • त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
    • माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
    • घान्द्रुकलाई एक फन्को

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.