सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १३:२५ 
  • चितवन, २७ वैशाख । डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको छ । लामो समयदेखि नवीकरण नभएका कबुलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रवर्द्धन सुरु गरिएको हो ।

    डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार डिभिजनमा ४३३ कबुलियती वन छन् । यस वर्ष दुई वटा थपिएका छन् भने तीन वटा थपिने क्रममा छन् । तीमध्ये १८ वटाले मात्रै नवीकरण गरेका छन् । नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो । 

    कार्यालय स्वयंले ५० वटा र रेड कार्यान्वयन केन्द्रले २०० वटा नवीकरणमा सहयोग गर्दैछ । एउटा कबुलियती वन नवीकरणका लागि वार्षिक रु १० हजार राजस्व तिर्नुपर्ने हुन्छ । दुई सय ५० वटा कबुलियती वन नवीकरण प्रक्रियामा छन् भने बाँकी पनि नवीकरणका लागि पहल भईरहेको छ ।

    उहाँका अनुसार कतिपय कबुलियती वन लामो समयदेखि नवीकरण हुन सकेका छैनन् । अभियानअन्तर्गत पहिलो पटक डिभिजन वन कार्यालयले कबुलियती वनको काठ बिक्री समेत गरेको छ । ती वनका ढलापढा र सुखडखडा रुखहरु कटान सहमति दिएर बिक्री समेत गरेको छ ।

    तीन वटा वनबाट दुई हजार ५६६ क्युविक फिट काठ र चार चट्टा दाउरा बिक्री गरिसकिएको छ । थप दुई कबुलियती वनबाट एक हजार ३२।६९ क्युविकफिट काठ र एक चट्टा दाउरा लिलाम प्रक्रियामा छ । त्यहाँबाट प्राप्त आम्दानीमध्ये ५० प्रतिशत राजश्व र ५० प्रतिशत वकुलियती वनको खातामा जाने गर्दछ ।

    थप ३० देखि ५० कबुलियती वनबाट काठ दाउरा बिक्री गर्ने योजना छ । प्रमुख आचार्यका अनुसार कबुलियती वनबाट १५ हजार क्युफिट काठ उत्पादन गर्ने लक्ष्य छ । निष्क्रिय कबुलियती वनहरुलाई सक्रिय बनाउने योजना कार्यालयले लिएको छ ।

    एउटा कबुलियती वनमा पाँचदेखि १५ घरपरिवार सदस्य हुने गर्दछन् । घर नजिकैको कम रुख भएका क्षेत्रलाई स्थानीयलाई वनको रुपमा विकास गर्न दिने गरिन्छ । कमजोर आर्थिक अवस्था भएका र विशेषगरी जनजाति बाहुल्य भएको स्थानमा यसरी कबुलियती वन दिने गरिएको छ । स्थानीयले वनमा आयआर्जन गरी वन समेतको संरक्षण गर्ने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.