सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवसेवा आश्रमको महायज्ञमा रु तीन करोड बढी सङ्कलन


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार ११:३० 
  • कास्की, २७ वैशाख । मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु तीन करोड तीन लाख सङ्कलन भएको छ । 

    मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको थियो । 

    महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो । 

    महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, धर्मप्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिताबाट उक्त रकम सङ्कलन गरिएको हो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले निःशुल्क रुपमा कथा वाचन गर्नुभएको थियो । 

    दैनिक रूपमा सञ्चालन गरिएको भागवत कथा वाचन, भजन–कीर्तन, योग शिविर, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, आरती तथा निःशुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनाएको शाहीले बताउनुभयो । 

    हाल निर्माणाधीन भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान हुने विश्वास गरिएको संयोजक शाहीले बताउनुभयो ।

    “महायज्ञ केबल आर्थिक सङ्कलनको अभियान मात्र नभई धार्मिक, सामाजिक तथा मानवीय चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भयो । पोखरा महानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारसँगै विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले आश्रमको बाँकी काम पूरा गर्न सहयोग पुग्नेछ”, शाहीले भन्नुभयो ।

    आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ ।

    हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
    अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
    वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
    • कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
    • त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
    • माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
    • घान्द्रुकलाई एक फन्को

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.