सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड सङ्कलन


  •    न्युजभित्तो/२२ बैशाख २०८३, मंगलवार १२:३१ 
  • भोजपुर, २२ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ ।

    यही वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयव्यय सोमबार  सार्वजनिक गरिएको हो । ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये रु २४ लाख ३८ हजार खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।

    कुल रकममध्ये दाताले कबोल गरेको थप रु २१ लाख ७६ हजार उठ्न बाँकी रहेको संयोजक कोइरालाले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत रु एक करोड ८३ लाख रहेको छ । हालसम्मको सङ्कलनबाट करिब ४१ प्रतिशत रकम जुटाउन सफलता मिलेको छ । उहाँका अनुसार मन्दिर निर्माणका लागि सहयोग आउनेक्रम अझै जारी छ ।

    गाउँपालिका अध्यक्ष किरण राईले महायज्ञमार्फत प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न विशेष ध्यान दिइएको बताउँदै दाताहरूले दिएको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । “हामीले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौँ । जसले दातामा विश्वास बढाउनेछ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष राईका अनुसार पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना अघि बढाइएको हो । भविष्यमा यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको उहाँको भनाइ छ । निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुने छ । मन्दिरलाई परम्परागत पुरातात्विक शैलीमा निर्माण गरिनेछ भने छानो तामाको रहने छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.