सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी


  •    न्युजभित्तो/२१ बैशाख २०८३, सोमबार ११:२७ 
  • चितवन, २१ वैशाख । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीको भनाइ छ ।

    क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष गुणराज थपलियाले शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन बढेकाले सौराहा चलायमान भएको छ । उहाँले भन्नुभयो, “बिदाको दिनमा विदेशी पर्यटक मात्रै पनि ४० प्रतिशतभन्दा बढी छन् ।” भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक सौराहा आएका छन् । बिदाको दिनमा पर्यटकको सङ्ख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी छन् । सरदर यो वर्ष ५० प्रतिशत कोठाहरु भरिएका छन् । उहाँका अनुसार गत वर्ष यो प्रतिशत ४० हाराहारी थियो ।

    चितवन आउने बाटो राम्रो भएमा पर्यटक सङ्ख्या अरू थपिने व्यवसायीको भनाइ छ । पोखराबाट चितवन आउने बाटो राम्रो भए पनि काठमाडौँ र भैरहवाबाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन छैन ।

    होटल भिस्टा सौराहाका सञ्चालक रमेश सिलवाल बिदा हुँदा स्वाभाविक रुपमा पर्यटक बढ्ने बताउनुहुन्छ । उहाँले बिदा हुँदा देशका विभिन्न ठाउँबाट पनि पर्यटक आउन सहज भएको बताउनुभयो ।  यस वर्ष आफूले स्विमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको उहाँको भनाइ छ ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा बिदाको समयमा हात्ती चढ्न पालो कुर्नुपर्ने बताउनुहुन्छ । बिदामा पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधिमा रमाउनेहरुको सङ्ख्या पनि बढेको हो । सहकारीअन्तर्गत २५ वटा हात्ती रहेका छन् । ती हात्तीले बिहान र बेलुका पर्यटक घुमाउने गर्दछन् । 

    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेका छन् । अघिल्लो वर्षका तुलनामा अन्य समयमा पनि पर्यटक बढेको उहाँले बताउनुभयो ।

    सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । ती होटलमा चार खर्बभन्दा बढी लगानी रहेको अनुमान व्यवसायीको छ । प्रत्यक्ष रूपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सात लागेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.