सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लघुवित्तको लगानी : दुई खर्ब ५६ अर्ब


  •    न्युजभित्तो/८ फाल्गुन २०७६, बिहीबार १७:१५ 
  • चितवन । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीमार्फत ऋण प्रवाह गरेको जानकारी दिइयो ।

    सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताउनुभयो । ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषिकर्म गर्नेले अनुदान पाउन नसकेको उहाँको भनाइ थियो ।

    त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उहाँले बताउनुभयो । लम्सालले भन्नुभयो, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।” नेपालका लघुवित्तहरुले रु ९८ अर्ब ७५ करोड बचत सङ्कलन गरेका छन् । शेयर रकम रु २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकहरुबाट महङ्गो ब्याजमा लिएर लगानी गरेको जानकारी दिनुभयो ।

    लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उहाँले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उहाँको भनाइ छ । यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गर्नुभयो ।

    सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताउनुभयो । सो अवसरमा कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।

    लघुवित्तमा ४५ लाख ४६ हजार सेवाग्राही छन् । देशका ७७ जिल्लामा लघुवित्तको पहुँच रहेको सङ्घका उपाध्यक्ष भेषराज पन्थीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.