सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर उद्योग वाणिज्य संघको स्तरोन्नती, ‘क’ वर्गको मान्यता


  •    न्युजभित्तो/७ फाल्गुन २०७६, बुधबार २०:०४ 
  • चितवन । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघले ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । कार्यसम्पादनको आधारमा देशभरीका नगर उद्योग वाणिज्य संघहरुमा सर्वोत्कृष्ठ उद्योग वाणिज्य संघमा छनौट भएको रत्ननगर उद्योग वाणिज्य संघ ‘क’ वर्गमा स्तरोन्नती भएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक १५ गते बसेको पदाधिकारी समितिको बैठकले रत्ननगरलाई ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाद्वारा हस्ताक्षर गरिएको पत्रमा रत्ननगर उद्योग वाणिज्य संघले सम्पूर्ण मापदण्ड पूरा गरेकाले स्तरोन्नती गरिएको जनाइएको छ ।

    गत कात्तिकमा निर्णय भएर रत्ननगर उद्योग वाणिज्य संघलाई स्तरोन्नती गरिएको भए पनि संघमा आधिकारिक रुपमा बुधबार मात्रै पत्र प्राप्त भएको संघका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो । उहाँले ‘क’ वर्गको मान्यता प्राप्त गर्नु रत्ननगरका लागि ठूलो उपलब्धी भएको समेत बताउनुभयो ।

    ‘अब रत्ननगर उद्योग वाणिज्य संघको हैसियत चितवन उद्योग वाणिज्य संघको बराबर भएको छ’ रेग्मीले भन्नुभयो– ‘यसले चितवनकै उद्योग व्यवसायमा थप टेवा पु¥याउँछ ।’ रत्ननगर उद्योग वाणिज्य संघमा दुई हजार चार सय सदस्यहरु आवद्ध रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.