सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता


  •    न्युजभित्तो/६ बैशाख २०८३, आईतवार १२:०५ 
  • पर्वत ६ वैशाख । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।

    मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताउनुभयो ।

    स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको जानकारी दिनुभयो । झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेको थाहा भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।

    किशोरी देउपुरमै रहेको स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा भर्ना हुने समय भएको जनाइएको छ । निजलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.