सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैनः अध्यक्ष तिमिल्सिना


  •    न्युजभित्तो/६ फाल्गुन २०७६, मंगलवार १७:४० 
  • काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उहाँले सांसदले ऐनको कार्यान्वयन भए/नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

    पचास पृष्ठको उक्त पुस्तकमा नेपालको कानूनी इतिहास, संवैधानिक विकासक्रम, संविधानले अवलम्बन गरेको संसदीय प्रणाली र संसद्को स्वरुप, प्रतिनिधि र राष्ट्रियसभा, संसद्को समिति प्रणाली, संसद्मा क्रियाशील विभिन्न समिति, कानून निर्माण प्रक्रियाका झलक, ऐन कार्यान्वयन मापनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समेटिएका छन् ।

    कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणभन्दा कार्यान्वयनको विषय महत्वपूर्ण हुने बताउँदै विधायकले अनगिन्ती कानून निर्माण गरेको तर कानूनको औचित्यता, महत्व र प्राथमिकता जनतालाई बुझाउन नसकेको विचार राख्नुभयो । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा खिमलाल देवकोटाले कानूनको लेखापरीक्षण हुनुपर्ने जिकिर गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.