सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो


  •    न्युजभित्तो/२ बैशाख २०८३, बुधबार १६:०३ 
  • काठमाडौँ, २ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

    आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । 

    त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.