सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै


  •    न्युजभित्तो/३० चैत्र २०८२, सोमबार ११:२९ 
  • भोजपुर, ३० चैत । आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

    प्रतियोगितामा  ‘ए’ डिभिजन क्लबसहित कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ ।

    जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपिएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११ (सङ्खुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

    पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । 

    यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ । महिला फुटबल प्रतियोगितामा विजेताले रु एक लाख ६ हजार र उपविजेताले रु ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.