सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छैटौैँ कटारी गोल्डकपः सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुआत


  •    न्युजभित्तो/२९ चैत्र २०८२, आईतवार १२:०१ 
  • कटारी (उदयपुर), २९ चैत । कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक कटारीले विजयी सुरुआत गरेको हो ।

    खेलमा कटारीका लागि पहिलो हाफको सात मिनेटमा निराजन सुनुवारले गोल गर्दै कटारीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँच मिनेटमा कटारीका क्याप्टेन प्रताप राईले गोल गर्दै कटारीका लागि गोल सङ्ख्या दुई पुर्याएका हुन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् । 

    खेलको म्यान अफ दी म्याच कटारीका क्याप्टेन राई घोषित भएका छन् । उनलाई नगद रु पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिएको थियो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछन् ।

    आठ वटा टिम सहभागी प्रतियोगिता आगामी ५ वैशाखमा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष दीपक राईले बताएका छन् । प्रतियोगितामा आज जष्ट जोह्रन एफसी नाइजेरिया र हेटौँडा फुटबल क्लब मकवानपुरले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगितामा कटारी, सिक्किम, नाइजेरिया, हेटौँडाका साथै चात्या सिएफसी झापा, च्याम्पियन ब्वाइज काठमाडौँ, केराबारी फुटबल क्लब मोरङ र शलेस युथ क्लब सिरहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.